विच भलिबल प्रतियोगिताको तयारी पूरा



पोखरा

जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा हुने पुरुष तथा महिला राष्ट्रिय विच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही असार ५ देखि ७ गतेसम्म फेवाताल किनारमा रहेको विच भलिबल कोर्टमा विच भलिबलको छैटौँ महिला तथा सातौँ राष्ट्रिय प्रतियोगिता हुँदैछ । बालुवा थपेर मैदानको स्तरोन्नति गरी सहजरूपमा खेल्न मिल्ने बनाइएको तथा खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक/एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई/दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने पराजुलीले जानकारी दिनुभयो ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद रु ३०/३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले रु। २०/२० हजार तथा तेस्रो हुने टोलीले रु। १०/१० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद रु ३/३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न रु। २२ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja