बागलुङ बसपार्कको अव्यवस्थित र अवैधानिक गतिविधिहरुप्रति सम्बन्धित निकायको चासो जानुपर्छ



पोखरा

(पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्ष रामेश्वर मल्लसँग पोखरा आजले लिएको अन्तरवार्ता)

तपाईँको वडाअन्तर्गतको बागलुङ बसपार्क अव्यवस्थित देखिन्छ, यसलाई व्यवस्थित गर्न के के गर्नुभएको छ?
बागलुङ बसपार्कको बारेमा पत्रकार सम्मेलन गरेरै भन्नुपर्ने हो तर भन्न पाएको छैन । बसपार्क भनेको सार्वजनिक महत्वको विषय हो । महानगरभित्र रहन्छ बसपार्क । पृथ्वीचोकको बसपार्क महानगरपालिकाले लिएको । बागलुङ बसपार्क पनि महानगरपालिका भित्रै पर्छ । अहिले आएर बिचमा कर्मचारीहरुको मिलेमतोमा बसपार्कमा केहि समिति खडा गरेर समितिले भाडामा लिएको अवस्था छ । व्यक्तिले घर भाडामा दिएजस्तो बसपार्कलाई भाडामा दिन मिल्दैन । यो कि महानगरभित्र रहनुपर्छ कि वडाअन्तर्गत रहनुपर्छ । यसको विषयमा हामीले मेयर साहेबसँग पनि धेरै पटक कुरा राखिसकेका छौँ ।

कसले कसरी समिति बनायो बस व्यवसायीले कि अरु कसैले?
त्यतिबेला त्यहाँका जनप्रतिनिधि नहुँदा त्यहाँका समाज मिलेर बनाए । सुरुसुरुमा त त्यस समितिले केहि सामाजिक कामहरु पनि गरेको थियो तर अहिले हराएको छ । त्यो समिति अबैधानिक छ । समितिको नवीकरण हुनेदेखी लिएर वडाकार्यालयको सिफारिस हुनुपर्छ तर समितिको नवीकरण नभएको धेरै भइसक्यो । त्यसकारण यो अवैधानिक छ । महानगर या वडाले यसलाई तत्काल हटाएर वडाको जिम्मा दिनुपर्छ ।

अनि त्यहाँ भएका सटरहरुको बारेमा के विवाद छ?
त्यहाँको महिला उत्थान समितिले बसपार्कको जग्गा मिचेर सटर बनाएर भाडामा दिने र पैसा उठाउने काम गरेको छ । भाडाबाट उठेको पैसा कहाँ कति लगानि भएको वा कुन सामाजिक क्षेत्रमा लगानी भएको छ अथवा कति भाडा उठ्छ, यसको हिसाबकिताब उहाँहरुले वडा कार्यालयमा आएर कुनै जानकारी गराउनुभएको छैन । यो एकदम कानुनविपरित छ । यसलाई महानगरपालिकाले खारेज गर्नुपर्छ ।

बस व्यवसायिहरुले बागलुङ बसपार्क सञ्चालन गर्न जुन समिति बनाएका छन्, त्यो समिति बस व्यवसायिहरुले बनाएका हुन कि वरपरका टोलका मान्छेले बनाएका हुन् ?
यसमा सर्वदलिय समिति भनेर नाम दिइएको छ, जनप्रतिनिधि अगाडि आउँदा वडाले नै बनाएको देखिन्छ । त्यसलाई कायम गर्न अझसम्म आएको छैन । अनि त्यहाँ जति पनि बस/गाडिहरु पार्किङ गर्छन्, तिनीहरुको पार्किङ शुल्क मनपरि उठाउँछन् भन्ने गुनासो आएको छ ।

अब फरक प्रसंगमा, अहिले तपाइँको सञ्चालनमा भएका योजनाहरु केके छन्?
हाम्रो २ वर्षको कार्यकाल सकिएको छ । यसमा सबैभन्दा चुनौतिपूर्ण काम मिरुवामा भएको थियो । १८ नं. वडा लामागाउँदेखि उपल्लो मिरुवासम्म वर्षातमा पहिरो जाने तथा घरहरु डुबानमा पर्ने ठाउँमा त्यसलाई लक्षित गरी पानीको निकास लगायत राम्रो ठूलो तटबन्ध बनाएर सम्पन्न गरेका छौँ । त्यस्तै विन्ध्यवासिनी चोकदेखी वरपाटन मा.वि. हुँदै अर्चलबोटसम्म ८ मिटरको बाटो फुटपाथसहितको ढल निर्माण भएको अवस्था छ । बाटोघाटोहरु थुप्रै बनेका छन् । गुह्येश्वरीमार्ग, हिटमार्गमा फुटपाथसहितको ढल निर्माणको कार्य भैसकेको छ । बागलुङ बसपार्कको पानी निकास लगायत मान्छेहरु हिँड्दा सुरक्षित रहन रेलिङ राख्ने काम भएको छ । धेरै ठाउँमा हामीले त्यहाँका समुदाय र जग्गाधनीसँग मिलेर चुनौतिपूर्ण कामहरु गरेका छौँ । सानातिना भित्री र बाहिरी बाटोहरु गरेर ११/१२ वटै बाटाहरु बनिसक्यो । पुराना बाटो पिच, खानेपानी लाइनको विस्तार, जेब्रा क्रसिङ निर्माण, ट्राफिक सम्बन्धि जनचेतना कार्यक्रमहरु लगायत धेरै पुर्वाधारहरुको विकास भएका छन् । वडाका सबै सदस्यहरुको मलाई पुरा सहयोग छ । त्यसकारण पनि हामीलाई हाम्रो क्षेत्रमा काम गर्न सजिलो भएको छ ।

अहिले वडाको बजेट कस्तो छ?
अहिले योजनाहरुको बैँक बनाउने र प्राथमिकताका आधारमा बजेट छुट्याउने भनिएको छ । बजेटको ६५ प्रतिशत विकासका पूर्वाधारको लागि, १५ प्रतिशत मर्मत सम्भार, ५ प्रतिशत सामाजिक विकास जस्ता गरी शिर्षकअनुसार बजेट छुट्याइएको छ । यसले गर्दा आफुखुसी बजेट छुट्याउन मिल्दैन ।

शिक्षाको क्षेत्रमा केके गर्नुभएको छ?
हाम्रो वडामा एउटा मात्र सामुदायिक विद्यालय छ, वरपाटनको विन्ध्यवासिनी मा.वि. ।त्यस विद्य्यालयमा गत साल कम्प्युटर शिक्षाका लागि १५ वटा कम्प्युटर दियौँ ।त्यहि स्कुलमा करिब १६ लाखको कम्पाउण्ड पर्खाल यसै साल सम्पन्न गर्यौँ । वडाका अन्य प्राइभेट स्कुलहरुमा पनि निम्नवर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी सिफारिस गरेका छौँ ।

यतिका कामहरु गर्नुभएको छ, वडाबासीबाट कामको मूल्याङकन कस्तो आएको छ अथवा पार्टिबाट प्रेसर आएको छ कि?
कतैबाट नराम्रो कुरा आएको छैन । वडाबासीहरु पनि हाम्रो कामप्रति सन्तुष्ट नै हुनुहुन्छ । पार्टिबाट र विपक्षि पार्टिबाट कुनै अवरोध आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja