महिलालाई अवसर, जिम्मेवारी र सहयोग दिए जस्तो काम पनि गर्न सक्छन्



पोखरा

पोखरा महानगरपालिका वडा नं. २ की सदस्य गोमा सुवेदीले महिलालाई काम गर्ने अवसर, जिम्मेवारी तथा सहयोग दिएमा जस्तो काम पनि गर्न सक्ने बताउनुभएको छ ।


उहाँको जीवनबाट महिलालाई निर्णायक भूमिकामा राख्दा उनीहरुले पनि काम गरेर देखाउन सक्छन् भन्ने प्रष्ट हुन्छ । उहाँले महिलालाई धेरै ठाउँमा दबाएर राखिएको अथवा महिलालाई प्रायः सामाजिक कामहरुमा अवसर नदिएको घटनाहरु भएको स्वीकार्नुभएको छ । उहाँले धेरै वडामा महिला प्रतिनिधि सक्रिय हुन नसकेकको र उनीहरुले काम गर्न नपाएको अवस्था भएको पनि स्वीकार्नुभयो । तर पो म न पा २ नं. वडामा त्यस्तो नभएको उहाँले स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो, “अरु वडामा महिला प्रतिनिधिहरुले काम गर्न नपाएका होलान् तर हाम्रो वडामा त्यस्तो छैन । वडाध्यक्षले मलाई महिला तथा बालबालिका र विकास निर्माणका गतिविधि हेर्ने सम्पूर्ण जिम्मा दिनुभएको छ, साथै आफ्नो सक्दो सहयोग पनि दिनुभएको छ ।” उहाँले आफ्नो कार्यक्षेत्र मिरुवा र यसको आसपासको क्षेत्र भएको बताउनुभयो । वडा नं. २ ले २ वर्षको कार्यकालको अवधिमा महिला बालबालिका र स्वास्थ्य क्षेत्रमा महिलाहरुको लागी स्तन, पाठेघरको र वृद्धवृद्धाको लागी पुरै शरीर चेकअपको शिविर वर्षैपिच्छे सञ्चालन गरिएको जानकारी दिनुभयो ।

यस्तै उहाँ आफु महिला उद्यमी भएकाले महिलाहरुलाई शिपमुलक बनाई उनीहरुको क्षमता अभिवृद्धि गरी उनीहरुको आर्थिक स्थिति उकास्नुपर्छ भन्ने भावनाले काम गरिरहेको पनि बताउनुभयो । उहाँले यसका लागी वडाध्यक्षसँग प्रपोजल तयार पारेर पोखरामै पहिलोपटक वडा नं. २ मा पोते तथा क्रिष्टलको तालिम सुरु गरेको र यसको तालिम अहिले सबै वडामा भइरहेको जानकारी पनि दिनुभयो । तालिम लिएकामध्ये धेरैले अहिले आफैले व्यवसाय सुरु गरी आत्मनिर्भर भएको पनि बताउनुभयो । फेरी यहि कार्यक्रम लिएर आफु पुम्दिभुम्दि जान लागेको कुराको जानकारी दिनुभयो ।


यस्तै सुवेदीले पो.म.न.पा. वडा नं. २ ले बालबालिकाहरुलाई समाजमा घुलमिल गराउन विद्यालयहरुमा विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गरेको, उनीहरुको समस्या समाधान गर्ने कुरामा ध्यान दिएको र अहिले वरपाटन विद्यालयमा वडाबाटै बजेट छुट्याएर महिला विद्यार्थीहरुका लागी प्याडको पनि व्यवस्थापन गरेको जानकारी दिनुभयो । उहाँले अहिले वडाले आफुलाई जिम्मा दिएको धेरै विकास निर्माणका कामहरु सम्पन्न भएको बताउनुभयो । रुपपानीमा घर डुबानबाट बचाउन राम्रो ड्याम बनाइएको, उपल्लो मिरुवामा ठुलो पाइप अण्डरग्राउण्ड गरेर पानी नालामा पुर्याइएको र धेरै भित्रि तथा बाहिरी बाटो बनाइएको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “मिरुवामा सरकारी पोलै थिएन, अहिले पोलको व्यवस्थापन भएर झलमल्ल बत्ती बलेको छ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja