ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु



पोखरा

कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हँुदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिनुभयो ।

बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ । मृतक शिक्षक दुर्घटनाग्रस्त ट्रयाक्टरमुनी च्यापिएकाले अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताउनुभयो ।

चालक फरार रहेकाले घटनाबारे विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja