कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध



पोखरा

लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो । खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताउनुभयो ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भन्नुभयो । अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पार्नुभएको थियो ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja