लैङ्गिक समानताका लागि स्वीट्जरल्याण्डका महिला सडक आन्दोलनमा



पोखरा

स्वीट्जरल्यान्डका महिलाहरूले लैङ्गिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन् ।

राजधानी बर्न लगायतका शहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि बताइएको छ । सन् १९९१ मा पनि महिलाहरूले समानताका लागि भनेर सडकमा आएका थिए । स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन् । आन्दोलनका आयोजक समूहले भनेका छन्, “स्वीट्जरल्याण्डमा शुक्रबार भएको प्रदर्शनमा ‘सयौँ हजारको सङ्ख्या’मा महिलाहरू परिचालित भएका दावी गरेका छन् । स्वीट्जरल्याण्डको विभिन्न १६ महिला अधिकारवादी समूहको छाता संगठन यूएसएसले एक विज्ञप्ति जारी गरी भनेको छ, “इतिहासमा सन् २०१९ को जुन १४ राजनीतिक अधिकारका हिसाबले विशेष दिनको शुरूवात हुनेछ । किनकी दिनभर लाखौँ महिलाहरूले हडतालमा सहभागिता जनाएका छन् ।”

सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका थिए । तर उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरेका थिए । सन् १९९१ को हडतालका बेला स्वीस सरकारमा कोही पनि महिला थिएनन् र त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन । सन् १९९१ मा स्विट्जरल्यान्डको सर्वोच्च अदालतले ’अप्पेनजेल क्यान्टन’लाई महिलाहरूलाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो ।

अहिले यहाँको सरकारमा आठजना महिला मन्त्री बनेका छन् । तर अहिलेपनि स्विट्जरल्यान्डमा पुरुषको तुलनामा महिलाहरू २० प्रतिशत कम तलब पाउने गरेका प्रदर्शन आयोजक संस्थाहरूले जनाएका छन् । व्यवस्थापकीय ओहोदामा महिलाको प्रतिनिधित्व कम भएकाले अझै पनि महिलाका मुद्दा छायामा परेका उनीहरूको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja