सरकारले गरिब जनताको ढाड सेक्ने काम गर्योः नेता महर



पोखरा

ने.वि.संघका पूर्वअध्यक्ष तथा नेपाली काँग्रेसका नेता नैनसिंह महरले सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको बताउनुभएको छ । उहाँले अहिलेको सरकार नेपाललाई गरिब बनाउन अग्रसर रहेको आरोप लगाउनुभयो । उहाँले यातायात साधनमा गरिएको भाडा वृद्धि तथा दैनिक उपभोग्य वस्तुमा ३०० प्रतिशतसम्म मूल्य वृद्धि गरी गरिब नेपालीलाई अझै दुःखी र गरिब बनाएको आरोप लगाउनुभयो ।


उहाँले यातायातका साधनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न चेतावनी दिनुभएको छ । उहाँले सरकारले प्रेस, धर्मसंस्कृति, न्यायलय, सुरक्षाका जस्ता निकायमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै सरकारले चुनावताका जनतासामु गरेका सबै बाचा गलत साबित भएको आरोप लगाउनुभयो । उहाँले सरकारले सबै यातायातका साधनमा गरेको १२ प्रतिशत भाडावृद्धि फिर्ता नभए आफुहरुलाई सह्य नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja