मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिए



पोखरा

अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् ।

देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिनुभयो । सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उहाँले दाबी गर्नुभयो । डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १७ जना घाइते पनि भएको गभर्नर यार्मालले बताउनुभयो । लडाकूहरूको तर्फबाट भएको जवाफी आक्रमणका कारण सुरक्षाकर्मी तर्फका छ जनाको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja