पोखरामा लागुऔषध कारोवारीमाथि गोली प्रहार



पोखरा

पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ ।

लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोवारी जोनर डिके भनिने करीब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका एक हजार ५०० थान लागुऔषध बरामद गरेको जनाएको छ । लागुऔषध कारोबारी थापा यसअघि कतारमा सन् २०१४ देखि २०१८ सम्म कारागार बसेका थिए भने नेपालमा २०७५ साल वैशाख २ गते ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए । लागुऔषध कारोवारीको आक्रमणबाट एक प्रहरी असई सन्तोष सुवेदीको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको उहाँले जानकारी दिनुभयो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja