गुठी संस्था माथी सरकारले गरेको प्रहार प्रति, नेता थापा को आक्रोश




नेपाल बिध्यार्थी संघ का नेता मनिष जङ थापा ले कम्युनिस्ट सरकार नेपाल को प्राचिन संस्कृती सिध्याउन लागेको बताउदै नेपालको प्राचिन नेवारी संस्कृती गुठी परम्परा सिध्याउने कार्य सह्य नहुने बताउनु भयो। पोखराआज अनलाइन पत्रिका संग कुरा गर्दै, नेता थापाले गोपाल बंश देखी नै चल्दै आएको गुठी परम्परा मल्लकाल, राणा काल र पन्चायत काल मा पनि हटाउन नसकेको कुरा उल्लेख गर्दै सरकारले दुइतिहाइ को दम्भ मा नेपाल को धर्म सस्कृती र प्राचिन सभ्यता माथी हस्तक्षेप गर्न खोज्नु आम नेपाली को सभ्यता माथी कै प्रहार भएका ले नेपाली जनता ले आफु माथी को अन्याय सहेर नबस्ने बताउनुभयो । नेपाल को संस्कृती र सभ्यता को उद्गम बिन्दु नै नेवारी संस्कृती भएको स्मरण गराउदै नेता थापा ले हाल सम्मका विभिन्नकाल खण्डका सरकार ले सहजै स्विकारेको नेवारी गुठी परम्परालाइ भु – माफिया कम्युनिस्ट हरु ले हटाउन खोजेर ठुलो भुल गरेको बताउदै बर्तमान सरकारका क्रियाकलाप प्रति आक्रोस पोख्नुभयो । नेता थापाले संघीय सांसद मा दर्ता गराएको गुठी सम्बन्धी बिधेयक लाई यथासिघ्र फिर्ता लिन सरकारसंग माग गर्दै, नेपाली जनता आफ्नो संस्कृती को रक्षा का लागी जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja