जनता सचेत नबन्दा जस्तोसुकै लोकतान्त्रिक सरकार पनि निरंकुश बन्न सक्ने



पोखरा

नेपाली काँग्रेसका गण्डकी प्रदेशका प्रभावशाली नेता अर्जुन जोशीले जनता आफै सरकार र संविधानप्रति चेतनशील नहुँदा जस्तोसुकै लोकतान्त्रिक सरकार पनि निरंकुश बन्न सक्ने संभावना भएको बताउनुभएको छ ।


नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’को सफलताको बारेमा जानकारी दिन नेपाली काँग्रेस कास्कीले आज गरेको पत्रकार सम्मेलनमा जोशीले नेपाली काँग्रेस सधैँ जनतामाझ रहने पार्टी भएको बताउनुभएको छ । उहाँले अभियानको उद्देश्य अहिलेको सरकारका गतिविधिप्रति जनताको प्रतिकृया बुझि जनताको आवाज बन्न र भ्रष्टाचारको मुद्दा र अनियमितताको मुद्दा आमनागरिकमाझ लगी सरकारलाई खबरदारी गर्न पनि भएको बताउनुभयो । सम्मेलनमा नेपाली काँग्रेस कास्कीले मुलुकमा मानवअधिकार व्यवस्थित हुनुपर्ने तथा प्रेस स्वतन्त्रता हुनुपर्ने माग गरेको छ । यस्तै नेता जोशीले सरकारले दूई तिहाईको दम्भ देखाएको र एकदलिय शासन प्रणालीमा सरकार अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो ।


यस्तै पत्रकार सम्मेलनमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले निर्वाचित वडाध्यक्षले आफ्नो घर छेउमा मात्रै विकासका कार्य योजना लगेको आरोप लगाउनुभयो । उहाँले वर्तमान कम्युनिष्ट सरकारलाई मत हालेका जनता अहिले पछुताएको अवस्थामा रहेको जानकारी दिनुभयो । सम्मेलनमा के.सी.ले जागरण अभियानमा ४०० बढि प्रतिनिधि जनताको आवाज सुन्न पठाएको र ती प्रतिनिधिले ३६,००० नेपाली आमजनता भेटि आमजनताको आवाज बटुलेको बताउनुभयो । के.सी.ले अब लिखित आएका सुझावको राय सल्लाह दिने समिति बनाउने र त्यो समितिले दिएको सल्लाहअनुसार दीर्घकालिन योजना बनाइने र त्यहि अनुसार काम गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja