भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुँदैनः नेता महत



पोखरा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।


नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो,‘ भ्रष्टाचारी पार्टी सभापति शेरबहादुर देउवा नै भए पनि कारबाही हुनुपर्छ।’
उहाँले अरबौँ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरु बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बस्नु बिडम्बना भएको बताउनुभयो साथै उहाँले वर्तमान सरकारले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले कुरा मात्र गर्ने काम नगर्ने गरेको बताउँदै सरकारले प्रेशमाथि अंकुश लगाउन खोजेको र संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा पास हुन नदिने बताउनुभयो।
उहाँले नेपाली कांग्रेसले संचालन गरेको जागरण अभियानले कांग्रेस क्रियाशील भएको जिकिर गर्दै अब जनताका दुःख सुखमा सहभागी हुँदै पार्टीलाई अगाडि बढाइने दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja