पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा



पोखरा

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ ।

जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरुको भनाई छ । अध्ययनको नेतृत्व गर्नु भएका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरुमा यसले बढी प्रभावित पारेको बताउनु भयो । उहाँका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उहाँले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja