चौँथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न



पोखरा


नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको चौँथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्य अतिथि रहनुभएको उक्त कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकारीताको अवार्ड विनोद लामिछानेलाई प्रदान गरिएको थियो ।यस्तै वर्ष उत्कृष्ट खेल संघ विधाको अवार्ड कास्की जिल्ला बास्केटबल संघलाई प्रदान गरियो भने लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५ भिम बहादुर गुरुङलाई प्रदान गरिएको थियो । यस्तै वर्ष उदयमान खेलाडि अवार्ड क्रिकेट खेलाडि अर्जुन कुमारलाई र वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड दिपक खनाललाई प्रदान गरिएको थियो । कार्यक्रममा उहाँहरुलगायत ८ वटा विधामा अरु व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशले खेलकुद सुधारमा खेल्न सक्ने भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सांसद मोहन वैद्य, सांसद मिना गुरुङ, सांसद राजिव पहारी , पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङ र राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja