लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास



पोखरा


कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ ।

सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताउनुभयो । लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुनथालेको हो । नगरपालिकाले गाडी किन्न छुट्याएको रु ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप रु १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा रु ९० लाख खर्च गरिने भएको छ । प्रमुख बजगाईंले निर्णय गरेपछि रु ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट रु एक करोड १३ लाख विनियोजन गर्नुभएको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja