कम्युनिष्टले भ्रष्टाचार गर्छन् र भ्रम फैलाएर काण्ड नै ओझेलमा पार्छन्ः ने.वि.संघ निवर्तमान केन्द्रिय सदस्य थापा



पोखरा


ने.वि.संघ निवर्तमान केन्द्रिय सदस्य मनिस जंग थापाले देशमा भएका अनियमितता र भ्रष्टाचारका काण्डहरुमा कम्युनिष्ट नेताहरुकै हात भएको बताएका छन् ।


उहाँले देशमा कम्युनिष्टहरुद्वारा अनियमितताका काण्डहरु भइरहने र छानबिन समितिद्वारा सत्यतथ्य बाहिर आएपछि उनै कम्युनिष्ट नेताहरु जनतामा भ्रम फैलाउन लाग्ने गरेको आरोप लगाउनुभयो । पोखरा आजसँग कुरा गदै उहाँले वाइडबडि काण्डमा काँग्रेस सभापति शेरबहादुर देउवाको संलग्नता नरहेको स्पष्ट पार्दै देउवाले नै वाइडबडिमा भएको भ्रष्टाचारको प्रतिवेदन सांसदमा पहिलोचोटि पेश गरेको जानकारी दिँदै, वाइडबडि काण्डमा देउवाको संलग्नताबारे हावादारी समाचार बनाएर जनतामा भ्रम फैलाएर भाइरल बनाउन आफ्ना कार्यकर्ताहरुलाई कम्युनिष्ट नेताहरुले लगाएको आरोप लगाउनुभयो ।

आमनागरिकलाई काँग्रेसले सत्य समाचार बुझाउन नसकेको र आमनागरिक पनि त्यस्ता समाचारमा विश्वास गर्न बाध्य भएकोप्रति दुःख व्यक्त गर्नुभयो । यस्तै उहाँले बालुवाटार जग्गा काण्डको पनि कम्युनिष्ट नेताकै हात रहेको र सत्यतथ्य बाहिर आउने डरले आमजनतामाझ भ्रम फैलाएर काण्ड नै ओझेलमा पारिरहेकोप्रति खेद प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja