सरकारका अवैधानिक क्रियाकलाप विरुद्धको सचेतनाको आन्दोलनः कांग्रेस जागरण अभियान



पोखरा

(नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका प्रभावशाली नेता अर्जुन जोशीसँग लिइएको अन्तरवार्ता)

अहिलेको देशको परिस्थितिको बारेमा थोरै बताइदिनुहोस्
अहिले देशमा हेर्दा जताततै महङ्गी, भ्रष्टाचार, बलात्कार, अपराधिक गतिविधिको विगविगी ।अपराधिहरु खुलेआम हिँडिरहेका छन् जनतामा त्रास फैलिएको बलात्कारका घटना बढिरहेका छन् भ्रष्टाचार यसरी मौलाएको कि हामीले कल्पनै गर्न नसक्ने ठुलाठुला भ्रष्टाचारका काण्डहरु देखिइरहेका छन् सिंगो सत्ता भ्रष्टाचारमा लिप्त तर आरोपजति हाम्रा नेतालाई लगाइएको

काँग्रेसका नेतालाई आरोप आउँदा काँग्रेसले खुलेर विरोध गरेको देखिदैन नि?
हामीले जोडतोडले भनेका छौँ, हाम्रो सभापतिले नै वाइडबडि काण्डको बारेमा कुरा निकाल्नुभएको हो

तर, सूचना दिने ठुला मिडियाहरुमध्ये कुनैले पनि सभापति देउवाले नै सुरुमा वाइडबडि काण्डको बारेमा कुरा निकाल्नुभएको कुरालाई कभरेज गरेनन, आम जनताले सुचना पाएनन् ।अब कसरी काँग्रेसले कुरा उठाइरहेको भन्नुभयो?
मिडियामा प्रचार गर्ने हाम्रो ढङ्ग पुगेन होला, मिडियाले पनि देखाएन ।तर सभापति देउवाले नै वाइडबडि काण्डको बारेमा सुरुमा कुरा उठाएको रेकर्ड सांसदमा काँग्रेसका जतिसुकै ठुला नेता भ्रष्टाचारमा संलग्न भएपनि उहाँसँग हामी सती जान सक्दैनौँ हामी पार्टिलाई शुद्ध राख्न चाहन्छौँ हाम्रा सम्पूर्ण कार्यकर्ता नेताहरुलाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन आग्रह गर्न चाहन्छु

अस्ति भर्खर डा.बाबुराम भट्टराईले कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्नुभयो नि यसको बारेमा तपाईँको धारणा के ?
उहाँलाई कांग्रेसलाई म्युजियममा हाल्नुपर्ने कारण किन पर्यो? उहाँ जुन बाटोमा हिँडिरहनुभएको त्यो कहाँबाट सञ्चालित ? त्यो सञ्चालन भएको बाटोमा कांग्रेस अवरोध बनेको त्यसैले मुलुकको सबै राज्यसत्तालाई कब्जा गरी अगाडि बढिरहेका शक्तिहरुलाई कांग्रेसको जागरण अभियान आपत्तिजनक लागेको , टाउको दुखेको त्यसैले यो जागरण अभियान लाग्नासाथ छट्पटिएको अवस्था हो हाम्रो आन्दोलन राष्ट्रियता, संविधानको सुरक्षा, लोकतन्त्रको रक्षा, भ्रष्टाचारको विरुद्ध, शान्तिसुरक्षाको लागी, महङ्गीको विरुद्ध समृद्धिका लागी हो

कांग्रेसको जागरण अभियान सरकारको अवैधानिक क्रियाकलापविरुद्ध सचेतनाको आन्दोलन हो?
हो हाम्रो अभियानले ठिक ठाउँमा प्रहार गरेको भन्ने प्रमाण यस सरकारका प्रवक्ताले काँग्रेसलेजय नेपालभन्न पाउँदैन भन्नु हो यसबाट यस सरकारको सोच अधिनायकबादि बाटोमा जाँदैछ भन्ने थाहा हुन्छ हाम्रो जागरण अभियानप्रति सरकारको आपत्ति किनकी अभियानले सरकारको सम्पूर्ण राज्यसंस्थालाई कब्जा गरी जनतालाई निरीह पार्ने बाटोलाई बाधा पारेको

यस जागरण अभियानले सरकार विरुद्धका क्रियाकलापहरुलाई प्रभाव पार्न सक्छ?
निश्चित रुपमा सक्छ हाम्रो अभियानले ठिक रुपमा प्रभाव नपारेको भए यस सरकारको प्रवक्ता त्यसरी आत्तिनुपर्ने थिएन हाम्रो अभियानप्रति आक्रमण गर्न काँग्रेसलाईजय नेपालभन्नबाट रोक्नुपर्छ भनेर भन्नै पर्दैनथ्यो त्यसैले यो अभियानले निशाना ठिक ठाउँमा लागेको

कांग्रेसको जागरण अभियान सरकारविरुद्धको आन्दोलनको आधारस्तम्भ हुन सक्छ ?
अहिले हामीले सरकारको विरोध गरेका होइनौँ, सरकारको गलत क्रियाकलापको विरोध मात्र गरेका हौँ सरकारलाई हामीले स्वीकारेका छौँ सरकारलाई गिराउने, असफल पार्ने हाम्रो योजना होइन तर सरकारले जुन ढङ्गले काम गरेको त्ससको मात्र विरोध गरेका हौँ भ्रष्टाचार, महङ्गी, हिंसा बढिरहेको यसैको विरोध गरेका हौँ

कांग्रेसको यस राष्ट्रिय जागरण अभियानमा काँग्रेसका भातृसंस्थाहरु कसरी परिचालन गरिएका छन् ?
काँग्रेसका भातृसंस्थाका प्रतिनिधिहरुले यस जागरण अभियानमा हरेक भातृसंस्थाले फरकफरक मुद्दामा, जस्तो तरुण दलले भ्रष्टाचारको मुद्दामा,मुस्लिम संघले मुस्लिमका मुद्दा, महिलाले महिलाको मुद्दामा हेरी, आफ्नो क्षेत्राधिकार भित्ररहि आफै कार्यक्रम तय गरी, आमजनसरोकारका विषयलाई जनतामाझ लैजाने साथै जनतामा भएका समस्याहरुको सुनुवाइ गरी देशभरका जनतामा काँग्रेसको भरोसा दिलाउने गरी जनताको विश्वास जित्नेछन् ।यसरी भातृसंस्थाहरु देशभर परिचालन हुनेछन्

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja