पेट्रोलियम पदार्थको मूल्य वृद्धि



पोखरा

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनुपरेको बताइएको छ। अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja