आफुले भोट हाली जिताएको सरकारप्रति जनता पछुताएका छन्



 

 

पोखरा

[नेपाली काँग्रेसको समानुपातिक तर्फबाट राष्ट्रिय सभा सांसद तथा भूतपूर्व संविधानसभा सांसद बिन्दा रानासँग लिइएको अन्तरवार्ता।]

अहिलेको राजनीतिक अवस्थाबारे अलिकति स्पष्ट पारिदिनुस न

नयाँ संविधान जारी भएको भदौमा ३ वर्ष पुग्छ र संविधान जारी भएपछि ३ तहको निर्वाचन भयो, जुन २०६२/०६३ को आन्दोलनले स्थापित गरेको समावेशी लोकतन्त्र हो । त्यसपछि ३ तहको सरकारको निर्वाचन भयो र चुनावमा तत्कालिन एमाले र माओवादिको बहुमत आयो । दूई–तिहाई प्राप्त गरेको बहुमतको सरकारले एक वर्ष गुजारीसक्दा जनताले देशमा सुशासन, विकास, समानता र अधिकार प्राप्त हुन्छ भनी सोचेका थिए तर दुर्भाग्यवस दूईतिहाईको बहुमतको सरकार र जारी भएको संविधान र संवैधानिक गणतन्त्र र लोकतन्त्र तथा तीन तहको सरकारमा सरकार खासै जिम्मेवारी देखिएन । मौलिक हकका ३१ वटा कानुन पास भएको छ तर सरकारले दूईतिहाइको बलमा आन्तरिक छलफलबिनै दूई दिनमा १६ वटा मौलिक हक पारित ग¥यो । यसमा काँग्रेसलाई आफ्नो धारणा राख्नै दिएन । काँग्रेसले आफ्नो धारणा राख्न ७२ घण्टाको समय पाउनुपथ्र्यो।

तपाईँहरुले आवाज उठाउनुभएन?

हामीले आवाज उठायौँ, आफ्ना कुरा राख्यौँ तर मौलिक हक पास हुँदा हामीले छलफल पनि गर्न पाएनौँ । त्यस दफा उपदफामा के के थियो त्यो पनि देन पाएनौँ । त्यसपछि ७२ घण्टा संसोधनको लागी समय पनि पाएनौँ । यस विषयमा मैले सदनमा पनि कुरा उठाएको थिएँ ।

तपाईँहरुले संसद अवरोध पनि गर्न सक्नुहुन्थ्यो नि ?

वास्तवमा संसद अवरुद्ध गर्ने समय पनि थिएन । त्यो भन्दा अगाडि मेडिकल शिक्षा सम्बन्धमा पनि संसद अवरोध गरेकै हौँ तर अवरोध गरेर पनि उनीहरुले पास गरेकै हुन् तर अहिले अवरुद्ध गरेर औचित्यै थिएन किनकी उनीहरुले बहुमतको दम्भमा पेलेका छन् त्यो पनि आफ्नो स्वार्थमा, जनताको स्वार्थमा होइन ।जनताको स्वार्थमा यस अर्थमा छैन कि कतिपय विषय, विधेयक जनताको पक्षमा पास,पेश,छलफल गर्नुपर्ने हो तर त्यो गरेको छैन । तर मौलिक हकजस्तो संविधानमा व्यवस्था भएको एकदमै संवेदनशील कुराको कुनै दफा उपदफामा हामीले छलफल तथा संसोधन गर्नै पाएनौँ । सरकार अहिले अति अधिनायकवादि शैलीमा गएको छ र अर्को कुरा यसले प्रतिपक्षको अति अवमूल्यन गरेको छ कि सम्माननीय प्रधानमन्त्री ज्यूले नै भन्नुहुन्छ, ‘कहाँ छ काँग्रेस, कहाँ छ प्रमुख प्रतिपक्ष?’ त्यो उहाँलाई भन्ने अधिकार छ?

तपाईँहरु पनि संसद अवरुद्ध गरेजस्तो गर्ने, २/४ वटा नारा मात्र लगाएर बस्ने, सडक आन्दोलन गर्ने तर उठाएको मुद्दालाई सकिन नपाउँदै कता हराएको जस्तो देखियो नि

यो नेतृत्वको कमिले पनि हो । उहाँहरुले यो समयमै नसोचेको कारणले यो भएको हो, नत्र कार्यकर्ता र हाम्रा कारणले यो भएको हाइन । उच्च नेतृत्व तहबाट यसलाई दिशानिर्देश गर्नुपर्छ ।

अब कसरी अगाडि जान सकिन्छ त? सरकारले अधिनायकवाद लाद्न खोजेको छ र काँग्रेसले पनि जनतालाई सोचेजस्तो आश्वासन , भरोसा दिन सकेको छैन । अब काँग्रेस कसरी अगाडि बढ्नुपर्ला?

पहिलो कुरा त प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो संगठन चुस्त र दुरुस्त बनाउनुप¥यो । केन्द्रिय समितीमा फैलिएको निराशालाई हटाउनुपर्छ । पार्टिका सबै सदस्यहरुको मूल्याङ्कन हुनुपर्छ र सबैले अवसर पनि पाउनुपर्छ । भातृ संगठनहरुको समयमै अधिवेशन हुनुपर्छ । नेविसंघ जस्तो पार्टिको विरुवाको संगठन नै छैन त कसरी पार्टिले जीवन्त रुप लिन सक्छ? पार्टिमा भएका ४२ वटा विभागहरुलाई पूर्णता दिनुप¥यो, जसमा लामो समयसम्म पार्टिमा रहेको तर क्रियाशील हुने ठाउँ नपाएकाहरु रहन्छन् । अर्को कुरा पार्टि अहिल दूईतिहाइको बहुमत भएको सरकारकोे प्रतिपक्षमा छ, ७० वर्षदेखी नेतृत्व गरेको पार्टिले अहिले समयसापेक्ष जनताले के चाहिरहेका छन्, सरकारले के गल्ति गरिरहेको छ? यी दूई विषयलाई विश्लेषण गरेर त्यसको पक्ष र विपक्षमा अग्रस्थानमा जानुपर्छ । यति काम गर्दा प्रतिपक्षको भूमिका सहि रुपमा आउँछ भन्ने मलाई लाग्छ । सरकारलाई प्रतिपक्ष छदैँछैन भन्ने अधिकार छैन । सरकारले प्रतिपक्षलाई यति लादेर लगेको छ कि बोल्न पनि दिएको छैन, प्रतिपक्षको भुमीकै देखेको छैन, गरेको भूमिकामा पनि अवमूल्यन गर्ने, जनताले पानी खान पाएका छैनन् पानीजहाजको कुरा गर्ने,काठमाण्डौँको धुलोधुवाँ नियन्त्रण गर्नुप¥यो । जनताको पहिलो प्राथमिकतालाई हेर्नुप¥यो ।

काँग्रेस सत्तामा हुँदा पनि काठमाण्डौँको धुलोधुवाँ त्यस्तै नै थियो होइन?

त्यतिबेलाको सत्ता यस्तो भयो कि त्यतिबेला धेरै अर्थात् ३१/३२ वटा पार्टिहरु थिए । त्यति धेरै पार्टिहरु भएको समयमा सरकारै बनाउन कठिन थियो, निर्णय गर्न, काम गर्र्न त कुरै छाडौँ सरकार नै टिकाउन गाहृो थियो । तर अहिले त दूईतिहाई बहुमत छ, चाहेमा यसले जे पनि गर्न सक्छ । सरकार अहिले अत्यन्तै असहिष्णु र गैरजिम्मेवार छ । संविधान अहिले कार्यान्वयनको चरणमा छ । यो बेलामा सरकारले लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनुको साटो झन् कमजोर बनाउँदै छ । कर्मचारी समायोजनमा रुमलिइरहेको छ । कर्मचारीको कामको आधारमा कर्मचारीको प्रमोशन या डिमोशन हुनुपर्ने हो तर यहाँ आफ्ना मान्छेहरुलाई जे पनि गर्न दिइएको छ र आफ्नो विचारधारा नमिल्ने मानिसहरुको कामको अवमूल्यन गरिएको छ । सबै ठाउँमा राजनीतिकरण भइसकेको छ, न्यायलयमा त कम्युनिष्ट विचारधारा भएका न्यायाधिसहरु प्रधान न्यायधिस हुँदै छन् । प्रहरी प्रशासन पनि यस्तै छ । सबै क्षेत्रमा यस्तै छ ।

अब तपाईँहरुको विचारमा कसरी अगाडि बढ्न सकिन्छ?

पहिला त तल्लो तहबाटै सबै वडाका, गाउँपालिकाका संगठनहरु बनाउनुप¥यो । भातृ संगठन बनाउनुप¥यो, शुभचिन्तक संगठन बनाउनुप¥यो । नभएकालाई बनाउनुप¥यो र भएकालाई क्रियाशील बनाउनुप¥यो । जनप्रतिनिधि र पार्टिबिच समन्वय छैन भने तीनलाई समन्वय गर्नुप¥यो ।

काँग्रेस बलियो भयो भने जनताको अपेक्षाअनुसारको काम हुन्छ त देशमा?

नेपालमा अहिले जतिपनि पूर्वाधार, विकास, शिक्षा, स्वास्थ्य, रोजगारी जे जे छन् उद्योगधन्धा, विदेशी लगानी, यहाँको उत्पादन जे जे छ त्यो सब काँग्रेस वि.सं. २०४८ देखि २०५१ सत्तामा हँुदा गरिएको हो । त्यसपछिको सरकारले माओवादीको भत्काउने र बिगार्ने अनि त्यहि चलाउने भन्दा अरु केहि काम नै गरेन । अहिलेको सरकारको बहुमत भए पनि यो स्थिर छैन किनकी यो नीतिले होइन तर व्यक्तिले चलेको छ । जनताले नजिकबाट महसुस गर्नसक्ने केहि उपलब्धि भएको छ? भाषण मात्र छ, काम छैन, कुशासन छ सुसाशन छैन, भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचार पनि यस्तो छ कि हिजो काँग्रेस सत्तामा हुँदा केहि व्यक्तिले भ्रष्टाचार गरे अहिलेको सत्तामा संस्थागत भ्रष्टाचार छ । यो कुरा सदनमै मैले बोलेको कुरा हो र पार्टि सभापति शेरबहादुर देउवाले पनि सदनमै बोल्नुभएको हो । त्यसैले काँग्रेसले सक्छ गतिलै गर्छ, सक्दैन बिगार्दैन ।

अब संसदमा काँग्रेस कसरी अगाडि बढ्नुपर्छ?

सत्तापक्षले पेलेरै लैजान्छन्, उनीहरुको नीति पनि त्यहि हो । उनीहरुले त्यहि अनुसार संगठन बनाएका छन् । त्यहि अनुसार सरकार चलाएका छन्, संरचनाहरु बनाएका छन् र उनीहरुको काम नै त्यसरी निर्देशित छ, नीतिगत छैन । नीतिगत छैन । काँग्रेस ७० वर्षसम्म यसैका लागी लडेको पार्टि हो र यो पार्टिले सबैभन्दा पहिला संगठन नै बनाउनुपर्छ । दोस्रो कुरा सदनमा गएर सशक्त रुपमा भूमिका निभाउनुपर्छ, जनताको आवश्यकता के हो? सरकारले के काम गरिरहेको छ? त्यसलाई हेर्नुपर्छ । अहिले आफुले भोट हाली जिताएको सरकारप्रति जनता पछुताएका छन् ,असन्तुष्टि छन् अर्थात् गल्ति गरेको महसुस गरेका छन् । यसमा काँग्रेसले पनि उनीहरुलाई राहत दिनुपर्छ । काँग्रेसले पैसा दिएर,योजना दिएर, विकास गरेर राहत दिन सक्दैन तर जनताका आवाज बोलेर जनताको पक्षमा वकालत गर्नुपर्छ । काँग्रेसको अहिलेको मूख्य भूमिका जनताको पक्षबाट बोल्ने, सरकारले गरेको काम जनतामा उजागर गर्ने र जनतालाई धैर्य गर्न लगाउने र अर्को चुनावमा काँग्रेसको पक्षमा उभिएमा जनताको चाहनाअनुसार काम गर्ने बाचा गर्ने र त्यो बाचा कार्यान्वयन गर्नपट्टि लाग्ने हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja