गण्डकी प्रदेश सरकारद्वारा एक करोडको सहयोग



पोखरा

गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पीडित परिवारका लागि विपत् व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराए । उक्त सहयोग रकम प्रदेश नं २ को सरकारको खातामा जम्मा गरिने र सो रकमबाट पीडित परिवारको आवास निर्माणमा खर्च हुने उनले बताए। प्रदेश नं २ को बारा–पर्सा जिल्लामा चैत १७ गतेको हावाहुरीबाट ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja