फेवा नव वर्ष महोत्सवको तयारी पूरा



पोखरा

नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ । महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी कूल एक लाखले सहभागिता जनाउने बताउँदै उनले उक्त अवसरमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिए। सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजनास्थलमा चैत ३० गते भ्रमण वर्षको शुभारम्भ गरिने जानकारी दिए ।

स्थानीय विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको जानकारी दिँदै उनले भ्रमण वर्षको शुभारम्भले पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको बताए । उनले गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja