प्रोटिन तत्वको आवश्यकता



USSEC , NYEF र नेपाल भेटनरी एशोसिएसनको आयोजनामा “प्रोटिन सबैका लागी”नामक शारीरिक स्वास्थ्य चेतनाका लागी १ दिने सेमीनार सम्पन्न भएको छ । सेमिनारबारे जानकारी दिदै नेपाल भेटनरी एशोसिएसन केन्द्रिय सचिव अशेष भट्टाराईले,दैनिक भोजनमा प्रोटीनको मात्रा पुर्याएर खानुपर्छ भन्ने जनचेतनको अभावमा आज हाम्रो मुलुक नेपालमा, धनाढ्य परिवारमा पनि कुपोषणबाट पिडित हुनु परेको यर्थाथलाई मुल्याङकन गरी यो कार्यक्रमको आयोजना गरेको बताए । सेमीनारमा डा. दिपेश कार्की ,डा.श्री विद्या कायस्था,USSEC अध्यक्ष डा. पवन कुमार ले प्रोटीनको मानव शरीरमा महत्वबारे प्रशिक्षण दिएका थिए । मानव शरीरका लागी प्रोटीन महत्वपुर्ण तत्व भए पनि नेपाल लगायत एशिन र अफ्रिकन धेरै जसो देशका मानीसले आफ्नो खानामा प्रोटिनलाई महत्व नदिएका कारण कुपोषण बढ्दै गएको सेमीनारका प्रशिक्षकको भनाई थियो । सेमीनारमा  NYEF अध्यक्ष वैभव पौडेल, डा. शितलकाजी श्रेष्ठ लगायत कास्कीका उद्योग व्यवसायी र भेटनरी डाक्टरहरुको बाक्लो उपस्थिीती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja