पाँचवटा “स” बाट कांग्रेस रुपान्तरण चाहन्छ



पोखरा  ।। नेपाली कांग्रेस महिला केन्द्रय सदस्य डा. डिला सङ्गौलाले अधिनायकवाद, सर्वसत्तावाद र लेनिन वाद को बाटो हिनीरहेको वर्तमान सरकारले जनताका जनजिवीका र जनसवालका विषयलाई वेवास्ता गरी लोकतन्त्रमाथी कुठाराघात गरेको बताइन । प्रेस युनियन कास्कीद्धारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेतृ सङ्गौलाले अब कांग्रेसले सदन, सडक, सहमती र सहकार्य ,सत्याग्रदह, संगठन यी पाँच वटा “स”बाट सरकारको सर्वसत्तावाद विरुद्धको कदम प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताइन । कांग्रेस लोकतन्त्रको पाठशाला हो, सरकार ले कांग्रेसको समृद्ध नेपाल, सुखी नेपाली को मुद्दा चोरेर , जनतामा राष्ट्रवादको भ्रम छरेर सत्तामा पुगेको वर्तमान सरकारले,आज दुखी नेपाली र गरिब नेपालीमा नेपाललाई रुपान्तरण गरिरहेको तमाम मुद्दा हामी माझ बढ्दै गएकोले , अब सरकारलाई लोकतन्त्रमा जनताप्रती जवाफदेही हुन कांग्रेसले सिकाउनुपर्नेे बेला आएको छ, प्रजातन्त्रको पाठ राणा, राजा, लाई सिकाइसकेको कांग्रेसलाई वर्तमान कम्युनिष्ठ सरकारलाई सिकाउन गाह्रो नपर्ने नेतृ सङ्गौलाको भनाई थियो । वर्तमान निरकुश सरकारमा निन्त्रण र कब्जा प्रबृत्ती तल्लीन छ आयुक्त नियुत्ती देखी विभीन्न विभागहरुमा एकलौटी निर्णयमा नियुत्ती गरीरहेको छ, राष्ट्रका संवैधानीक निकाय मा कब्जा गरिरहेको अवस्था छ , जनताका सरोकारका विषयमा मौनछ छ , यो सर्वसत्तावाद सरकार को विरुद्धमा नेपाली कांग्रेस एकतामा अगाडी बढ्नु पर्ने नेतृ सङ्गौलाको भनाई थियो । जागरण अभियानलाई ७७ जिल्ला पुर्याउने लक्ष्य बोकेर भ्रमणमा रहेकी नेतृ सङ्गौला १८ औं जिल्ला कास्कीमा उपस्थीत भएको जानकारी गराईन । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja