वरिष्ठ पत्रकार किशोर नेपाल सम्मानीत



अमेरिका बाट पत्रकारिता पढेर आएर नेपालको प्रजातन्त्र रक्षार्थ कलम चलाएर अतुलनिय योगदान पुर्याउनुभएका वरिष्ठ पत्रकार, कृर्ति स्मृति पत्रकारिता वृत्त सम्मान २०७५ द्धारा सम्मानित भएका छन् ।नेपाल पत्रकार महासंघ कास्की शाखा द्धारा सञ्चालीत तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टद्धारा स्थापीत, कृर्ति स्मृति पत्रकारिता वृत्त सम्मान २०७५ सम्मान राशि १ लाख ११ हजार रहेको थियो । कार्यक्रममा बोल्ने सबै वक्ताले मुलुकको सत्ता र प्रतिपक्षको भुमीकालाई जनतासामु सरल तरिकाबाट कलम चलाएर विगत ५ दशक देखी नेपालको पत्रकारित्रा क्षेत्रलाई योगदान पुर्याउदै आउनुभएका वरिष्ट पत्रकार किशोर नेपाले यो पुरस्कार ग्रहण गर्दा यो पुरस्कारको गरिमा बढेको बताएका थिए ।
कार्यक्रमा बोल्दै नेपालका प्रथम राष्ट्रपती तथा नेपाली कांंग्रेसका पूर्व महामन्त्री रामवरण यादवले मुलुक विकासका नाममा अहिले डोजर आंतक बढेको बताउदै चुरे पहाड हुँदै जोडीने विभिन्न किसिमका सडक निमार्ण कार्यले तराई र भित्रि मधेशको जनजिवन प्रभावीत भई केहिदिन अगाडी वारा र पर्सामा आएको हुरी यसैको प्रभाव बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महिला नेतृ तथा राष्ट्रिय सभा सांसद ब्रिन्दा रानाले कम्युनिष्ठ सर्वसत्तावादी सरकार प्रेस संग डराएकोले मुलुक को संविधान कार्यन्वयन स्वतन्त्र पुर्वक नगरी नियमन गर्ने भन्दै नियन्त्रण गर्न तिर लागीराखेको प्रति आक्रोस पोखीन । सांसद रानाले सरकारले अहिले विभिन्न किसिमका सोसियल मिडिया लगायत विज्ञापन सम्बन्धी निति नियम लाई नियमन गर्ने भन्दै नियन्त्रण गर्न तयारी गरीरहेको जानकारी दिइन ।
कार्यक्रममा विभिन्न दलका नेता,विभीन्न क्षेत्रका विज्ञ , पत्रकार लगायतको बाक्लो उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja