शुक्रबार बिहान पोखरामा निषेधाज्ञा उल्लङ्घन गर्ने २१३ सवारीसाधन नियन्त्रणमा



फाइल तस्वीर

पोखरा

पोखरामा कास्की जिल्लामा प्रशासनले पोखरामा शुक्रबार बिहान गएराति १२ बजेदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने १८८ वटा दुई पाङ्ग्रे तथा २५ वटा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

आजबाट कास्की प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेकोमा बिहान ५ बजेदेखि १२ बजेसम्म त्यसको उल्लङ्घन गर्दै सञ्चालन भएका सो सङ्ख्याका सवारीसाधनलाई नियन्त्रणमा लिइएको एसपी थापाले बताउनुभयो ।

नियन्त्रणमा लिइएका  सवारीसाधनलाई दिनभर होल्ड गराएर बेलुका ६ बजेपछि मात्र छाडिने उहाँले बताउनुभयो । आज सम्झाई बुझाइ गरेर साझ छाडिने र अटेर गरी निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम नरोकिएमा कानुन अनुसार कारवाही गरिने एसपी थापाले चेतावनी दिनुभयो ।

पोखरा बजार क्षेत्रका महेन्द्रपुल,चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत  कास्की जिल्ला भित्रिने मुख्य  चेक पोइन्टहरुमा चेक जाँच कडा पारिएको एसपी थापाले बताउनुभयो ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमण दर र मृत्युदरमा वृद्धि भएको भन्दै भदौ ३ गते मध्यरातसम्म कायम निषेधाज्ञामा केहि कडाई गर्दै एक साता निषेधाज्ञा थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja