कामपाको लगानीमा अक्सिजन उत्पादन शुरु



पोखरा

काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ ।

कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । 

उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ ।  यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ ।

प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै  तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिए ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताए । उनले भने, “गङ्गालालमै डायलायसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने बिरामीले डायलायसिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।”

कार्यक्रममा वडा नं ३ का अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि शुरु हुने जानकारी दिए । उनका अनुसार यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २०० सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja