तत्काल कोरोनाको खोप उपलब्ध गराउन; रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह



पोखरा

 प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न आग्रह गरेका हुन् । जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो ।

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja