सिमाको रक्षा नेपाली काङ्ग्रेसले मात्रै सम्भव गर्न सक्छ



पोखरा

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य मनिश जङ थापाले नेपाली भुमिको रक्षा नेपाली काङग्रेसले मात्रै गर्न सक्ने बताउनु भयो ।

हालै भारतले नेपालको दार्चुला जिल्ला मा पर्ने कालापानी, लिपुलेक र लम्पियाधुरा आफ्नो नक्सा मा हालेको प्रती आक्रोश ब्यक्त गर्दै नेता थापाले यस्तो परिस्थितिमा हामी सबै सरकार लाई सहयोग गर्न तयार रहेतापनी सरकार डर छेरुवा भएर एउटा आधिकारिक बिग्यप्ती सम्म निकाल्न डराइरहेको परिस्थितिमा नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवाले भारतिय राजदुत मन्जिभ सिंह पुरी लाई फोन गरेर नक्सा सच्याउन दबाद दिनुभएको बताउनुभयो।

बि. स २०१६ साल मा बिस्वकै सर्बोच्च सिखर सगरमाथा चिनले आफ्नो भनेर दाबी गरिरहेको अवस्थामा तत्कालिन प्रधानमन्त्री विपि कोइरालाले तत्कालिन चीनका राष्ट्रपति मा ओत्सेतुङ सङ्ग बर्ता गरि सगरमाथा पुर्ण रुपमा नेपालको बनाउनु भएको स्मरण गर्दै नेता थापाले यो सरकारले पनि तत्काल भारत सङ्ग बर्ता गरेर कालापानी लिपुलेक मात्र होइन मिचिएका सबै सिमाहरु फिर्ताका लागि पहल गर्नु पर्ने भएता पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएकोले मुलुकको रक्षाका लागी फेरि नेपाली जनताले नेपाली काङ्ग्रेस कै आवस्यकता महसुस गर्न थालेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja