४ सय मिटर दौडमा आर्मीकी खेलाडीले बनाइन् कीर्तिमान
पोखरा
चीनमा सञ्चालन भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान राखेकी छन् ।
मंगलबार भएको ट्र्याक एण्ड फिल्ड अन्तर्गत सञ्चालन भएको महिलातर्फको ४ सय मिटर दौड ५९.५७ सेकेण्डमा पूरा गरी यसअघिको ५९.९० सेकेण्डको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । खत्रीले सन् २०१० मा प्रमिला रिजालले राखेको कीर्तिमान तोडेकी हुन् ।
मंगलबार नै सञ्चालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सेकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्ड सुधार गरेकी हुन् ।
Onlinekhabar बाट साभार