प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान



पोखरा

लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । फलेवास नगरपालिका–९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराउनुभएको हो ।

साविक भँगरा गाविस वडा नं ४ मा रहेको तीन रोपनी जग्गा प्रहरी चौकीको भवनका लागि निःशुल्करूपमा उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी चौकी निर्माण गर्न सार्वजनिक जग्गासमेत नभएकाले अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

क्षेत्रीले रु पाँच लाख बराबरको जग्गा उपलब्ध गराएको बताउनुभयो । उक्त जग्गा सोमबार क्षेत्रीले जिल्ला मालपोत कार्यालयबाट प्रहरी चौकीको नाममा पास गरिदिनुभएको हो । उहाँले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अर्याललाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja