काँग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै



पोखरा

नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काँग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja