अझै केही दिन वर्षा लम्बिने



पोखरा

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेले भन्नुभयो । उहाँका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन् । केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ ।

हाल देशका धेरैजसो भू–भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू–भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक–दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja