टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ प्रदान गरिदै 



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मुख्य आतिथ्यमा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५’ तिति २०७६ जेठ दिउँसो २ बजे पोखरा सभागृह हलमा हुन गइरहेको आयोजक टिमले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

अग्रजलाई सम्मान गर्ने उद्देश्यले प्रदान गर्दै आएको लाइफ टाइम अचिभमेन्ट अवार्ड मूल कार्यक्रममा वितरण गरिने जनाउँदै यसपाली थप पपुलर प्लेयर अफ दी इयरको लागी मनोनित भएका वर्ष खेलाडी पुरुष, वर्ष खेलाडि महिला र वर्ष उदियमान खेलाडिलाई कार्यक्रममा एसएमएसको भोटिङमार्फत् जिताउने व्यवस्था भएको आयोजकले जनाएको छ । मनोनित खेलाडिहरुमध्ये हरेक विधाका ३ मध्ये १ ले अवार्ड पाउने जानकारी आयोजकले जानकारी गराएको छ ।
मनोनित वर्ष खेलाडि पुरुषतर्फ अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्याक्ट कराँते), युकेस गुरुङ(प्याराग्लाइडिङ) रहेका छन् । यस्तै मनोनित वर्ष खेलाडि महिलातर्फ प्रीति बराल(सफ्ट टेनिस), श्रेया के.सी.(सुटिङ) र सुष्मी श्रेष्ठ(फूल कन्ट्याक्ट कराते) रहेका छन् । वर्ष उदियमान खेलाडितर्फ अनुष्का शेरचन(आर्चरी), अर्जुन कुमाल(क्रिकेट), सुस्मिता थापामगर(आइटिएफ टेक्वान्दो) मनोनित भएका छन् । यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा भिमसेन शाक्य(ह्याण्डबल), दीपक गोदार(फूल कन्ट्याक्ट कराँते), राजेन्द्र पाठक(हक्की) मनोनित भएका छन् ।

अवार्ड तथा नगद राशीमा लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनेले ट्रफी, ताम्रपत्र तथा दोसल्लाद्वारा सम्मान पाउनेछन् । यस्तै वर्ष खेलाडि पुरुषतर्फ जित्नले टीभीएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्लाले सम्मानित हुनेछन् । वर्ष खेलाडि महिलातर्फ अवार्ड जित्ने बिगो स्कूटर, ट्रफी र दोसल्लाद्वारा सम्मानित हुनेछन् । यस्तै वर्ष उदियमान खेलाडि अवार्ड जित्नेले रु २५ हजार, ट्रफी र दोसल्लाको सम्मान पाउनेछन् र वर्ष उत्कृष्ट अवार्ड जित्नेले पनि रु २५ हजार, ट्रफी र दोसल्लाको सम्मान पाउनेछन ।
यस्तै कार्यक्रममा वर्ष पपुलर प्लेयर अवार्ड, वर्ष उत्कृष्ट खेल संघ अवार्ड र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड पनि वितरण गरिने आयोजकद्वारा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja