लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ : वरिष्ठ नेता पौडेल



पोखरा

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाएका छन्।

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो । सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।“हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो”, उनले भने, “अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।” नेता पौडेलले बिहीबार बिहानै हत्या गरिएकी बालिका पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग भेट गरेका थिए।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja