डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना



पोखरा, ९ असोज।

प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ ।

बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ ।

यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो ।
कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो । फेसबुकले डाटा प्रयोगकर्ताको डाटा प्रोसेसिंग गर्नुअघि, प्रोसेसिंग गर्ने बेला तथा तत् पश्चात् पनि प्रयोगकर्ताको गोपनियताको पर्याप्त मात्रामा संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताइन् ।

बेलायतको पूरानो डाटा प्रोटेक्सन ऐन १९९८ को प्रावधान अनुरुप सूचना आयुक्त कार्यालयले फेसबुकमाथि अधिकतमक सजाय सुनाएको हो । नयाँ कानून अनुसार भने यस्तो सजायँको अधिकतम सिमा १ करोड ७० लाख पाउण्ड वा कम्पनीको कूल विश्वव्यापी आम्दानीको ४ प्रतिशत रहेको छ ।
फेसबुकले यसको प्लेटफर्म प्रयोग गर्ने एप तथा एप डेभलपर्समाथि पर्याप्त नियन्त्रण गर्न नसक्दा ऊ प्रयोगकर्ताका व्यक्तिगत डाटा सुरक्षामा असफल भएको ठहर आयोगको छ । जसका कारण कतिपय एप डेभलपर्सले लाखौँ फेसबुक प्रयोगकर्ताका डाटाहरु हात पारी आफ्नो फाइदामा उपयोग गरे ।
एप डेभलपर अलेक्जेन्डर कोगानले हात पारेका ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा पछि क्याम्ब्रिज एनालिटिकालाई बेचेका थिए । क्याम्ब्रिज एनालिटिका अमेरिकामा राजनीतिक गतिविधिमा संलग्न भएको थियो ।

स्रोतः अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja