पोखरामा ‘श्री विन्ध्यवासिनी नवदुर्गा महोत्सव’ सुरु
पोखरा, २४ असोज ।
पोखरामा ‘श्री विन्ध्यवासिनी नवदुर्गा महोत्सव’ सुरु भएको छ ।
महोत्सव र्यालीबाट सुरु गरिएको थियो । र्याली विन्ध्यवासिनी मन्दिरबाट सुरु भई महेन्द्रपुल, सिद्धार्थ चोकहुँदै फेरी विन्ध्यवासिनीमा गई टुंगिएको थियो ।
“महोत्सव घटस्थापनादेखी नवमीसम्म हुनेछ, ९ दिन नै श्रीमद देवी भागवत् ज्ञान महायज्ञ कथावाचक युवापण्डित निजानन्द पौडेलद्वारा हुनेछ ।” , यस महोत्सवका सचिव तिर्थ श्रेष्ठले बताए ।
यस महोत्सवका प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ थिए । उनले नेपाल धार्मिक सहिष्णुता भएको देश भनि औँल्याउँदै यस्ता धार्मिक कार्यक्रमहरुले देशमा बढ्दो हत्या, हिंसा, भ्रष्टाचार, व्यविचार जस्ता समाजको समस्यालाई हटाउन मद्दत गर्छ भनी बताए