देशको २१ वटा जिल्लामा नेपाल ए वान स्टार टिभी रियालिटि शो हुँदै
पोखरा, १८ असोज ।
देशको २१ वटा जिल्लामा नेपाल ए वान स्टार टिभी रियालिटि शो हुँदैछ ।
नेपाल ए वान स्टारअन्तर्गत द बिगेस्ट डान्सिङ एण्ड सिङगिङ टिभि सिएलिटि शो हुने फाइभ मङ्किजले पोखरामा विहिबार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको छ ।
उक्त रियालिटि शोको पुरस्कारमा गायनतर्फ विजेताले नगद ५ लाख रुपैँया, एउटा स्कुटर र १० लाख बराबरको म्युजिकल कन्ट्याक प्राप्त गर्नेछ । त्यस्तै, नृत्य विधाका विजेताले नगद ५ लाख रुपैँया, एउटा स्कुटर र १० लाख बराबरको म्युजिकल कन्ट्याक प्राप्त गर्नेछ । दुवै गायन र नृत्य विधाका उपविजेताले २ लाख ५० हजार रुपैँया र ५ लाखको म्युजिकल कन्ट्याक प्राप्त गर्नेछन् । त्यस्त,ै गायन र नृत्य विधाका दुवैतर्फ तृतीय हुनेले १ लाख नगद र ३ वर्षको म्युजिकल कन्ट्याक प्राप्त गर्नेछन् ।
शोको निर्णायकहरुमा संगीततर्फ तिर्थराज पोखरेल, दिपा लामा, रेगन क्षेत्री तथा नृत्यतर्फ सन्तोष लामा सोनुव्यास, शिवराज कार्की र सुशान कार्की रहने कुरा पत्रकार सम्मेलनमा आयोजकले बताएको छ । आयोजकका अनुसार कार्यक्रम २० भागमा सञ्चालन गरिने र कार्यक्रमको ग्राण्ड फिनाले पोखराबाहिर हुनेछ ।